गजल


मेरो मनमा व्यथाहरू सरेको दिन हो आज
पराईले तिम्रो सिउँदो भरेको दिन हो आज

तिमी र मैलेसँगै सजाएका सपनाहरू
सिसासरी चर्किएर झरेको दिन हो आज

सगै-सँगै बुनेका ती रहरका बुट्टाहरू
टुक्रा-टुक्रा पार्दै घात गरेको दिन हो आज

देउरालीमा खाएको बाचा कसम् तोडी गयौ
मेरो आस्था मेरो विश्वाश् मरेको दिन हो आज

तिम्रो याद मेटाउन के-केसम्म गरेँ मैले
यी नशाको सहारामा परेको दिन हो आज

Note:- www.tanneri.com मा पनि पढ्न सकिनेछ ।
गजल गजल Reviewed by Swopnil Sansar on 10:41 PM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.