मुक्तकहरु

 

 

 

 

 

 

 

तिरस्कृतको मुक्तकहरु भाग–१


1.
मगर भनी हेला गर्यौ मैले थर फालिदिएँ
तिरस्कृत हुँ भन्दै आफैलाई गाली दिएँ
तिमी हिड्ने गोरेटोमाफूल छर्न नसके नि
मात्र दुई चार तीखा काडाँ टिपेर फालिदिएँ ।

2.
हारको पीडा कस्तो हुन्छ जीतलाई नसोध्नु
म जस्तै छ बिचरा ऊ मेरो मितलाई नसोध्नु
पिरतीको सिँहाशनमा बस्नुको आनन्द के हो ?
थाहा छैन म जस्तो तिरस्कृतलाई नसोध्नु ।

3.
पिरतीको मुल गेटबाटै तिरस्कृत भएछ
आफ्नै भन्ने मान्छेबाट बहिस्कृत भएछ
धन कमाउन ल्हासा पुग्छु भन्थ्यो तिब्वत
बिचराको यात्रा यतै स्थगित भएछ ।

4.
बिधाताको यस्तो मार सहनुपर्यो
जिन्दगीमा धेरै हार सहनुपर्यो
तैपनि जिउँदैछु खै के को लागि ?
आज सबैको तिरस्कार सहनुपर्यो ।

-तिब्वत तिरस्कृत
Kavre, Saldhara
मुक्तकहरु मुक्तकहरु Reviewed by Swopnil Sansar on 3:41 AM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.