मुक्तक

1
कसैलाई जूनको पीर छ याहाँ
कसैलाई नुनको पीर छ याहाँ
उस्ले चै लगनगाँठो कस्ने रे यस्पाली
विचरालाई सुनको पीर छ याहाँ ।
2
तिमी पराई बनेको हेर्न सकुँला र ?
त्यतिबेला मैले श्वास फेर्न सकुँला र ?
नरोउ भन्दै साथीभाई सम्झाउन आउलान्
तर मेरो दुखी मनले टेर्न सकुँला र ?
3
मत सायद मर्छु अव युगौं युग बाच्नु तिमी
सर्वहारा दुःखी मै हुँ सुखहरु साच्नु तिमी
लौत साथी म त अव स्वर्गतिरै बाटो लागेँ
खुशीहरु बटुलेर उत्सब मनाइ नाच्नु तिमी ।
4
नियतीले पेल्नुसम्म पेल्यो भन्दिनु
तिब्वतलाइ त नर्कतिरै ठेल्यो भन्दिनु
आफ्नै सुन्दर सपना सजाउने बहानामा
विचराले धेरै कष्ट झेल्यो भन्दिनु।
5
सरकारले चै आश्वाशन दिलाईराछन् हाम्रो नेपालमा
फट्दैछन् जीवन तर सिलाइराछन् हाम्रो नेपालमा
यै पाराले कस्को गाला चड्किने हो थाहा छैन
महँगीले जनताको हात चिलाईराछन् हाम्रो नेपालमा ।

-तिब्वत
मुक्तक मुक्तक Reviewed by Swopnil Sansar on 11:57 PM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.