गजल

-तिब्वत दर्लामी, काभ्रे
~~~~~~~~~~~~~~~

आकाशमा जून फूलेको बेला सम्झन्छु तिमीलाई
आफुले आफै भुलेको बेला सम्झन्छु तिमीलाई ।

मायाको बारी वारी र पारी बैंशले फुर्केर
वसन्ती हावा डुलेको बेला सम्झन्छु तिमीलाई ।

तिमी र हामी मिलेर सँगै असारै रोपेको
आलीमा खुशी झुलेको बेला सम्झन्छु तिमीलाई ।

रातमा उही सपना देख्छु तिमीले बोलाको
विहानी नयाँ खुलेको बेला सम्झन्छु तिमीलाई ।

सोच्दछु केही म तिम्रै बारे लेखुँ कि गजल ?
भावनाहरू चुलेको बेला सम्झन्छु तिमीलाई ।
गजल गजल Reviewed by Swopnil Sansar on 1:41 AM Rating: 5

1 comment:

Tibbat Darlami. Powered by Blogger.