गीत

तिम्रो मुश्कान हेर्दा लाग्छ फूलहरुको हाँसो फिका
जून तारा भन्दा राम्रो त्यो निधारको रातो टिका ।

ओठ राम्रो आँखा राम्रो अनि नाकको फूली राम्रो
कालो-कालो बादलु झैं कपालको चुल्ठी राम्रो
कुहुकुहु कोइली भन्दा लाग्छ तिम्रै बोली मीठा
तिम्रो मुश्कान हेर्दा लाग्छ फूलहरुको हाँसो फिका
जून तारा भन्दा राम्रो त्यो निधारको रातो टिका ।

मेरो लागि यो सँसारको एउटै सुन्दर परी तिमी
छातिभित्र ढुकढुक गर्ने मुटू भरी भरी तिमी
झर्ना खोला पानी भन्दा लाग्छ तिम्रै मनै सफा
तिम्रो मुश्कान हेर्दा लाग्छ फूलहरुको हाँसो फिका
जून तारा भन्दा राम्रो त्यो निधारको रातो टिका ।

-तिब्बत
गीत गीत Reviewed by Swopnil Sansar on 11:48 PM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.