घटाउ अनि जोडमा, रुमलियो जिन्दगी
हरेक मोड–मोडमा, रुमलियो जिन्दगी ।
चल्दै थियो सफर एक साथ रमाउदै
अनायासै बिछोडमा, रुमलियो जिन्दगी ।
माया गर्छु भन्नेले मुटुभरी चोट दिए
चोटैचोटको तोडमा, रुमलियो जिन्दगी ।
धेरै–धरै छन् आउने जानेहरुको भिड त
अञ्जान भई रोडमा, रुमलियो जिन्दगी ।
कहाँ अन्त्य हुन्छ र युद्घको यो सिलसिला
हार्ने र जित्ने होडमा, रुमलियो जिन्दगी ।
तिब्वत दार्लामी
गजल
Reviewed by Swopnil Sansar
on
10:49 PM
Rating:
gajal sarhai ramro 6 1 damai man 6une
ReplyDelete